२८ आश्विन २०८३, बुधबार

युवतीले गरे युवकको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-patni-pidit-mahila

पुरुषले महिलाको बलात्कार गरेको घटना त दिनहुँ सुन्दै आएको छ । नेपालमा पनि दैनिक यस्ता घटना सार्वजनिक भइरहेको छ । तर, यो प्रसंग भने महिलाले पुरुषले बलात्कार गरेको हो ।

सुन्दै आश्चर्य लाग्ने यो घटना हो, जिम्बाबेको । जिम्बाबेका हारारे भन्ने ठाउँमा २७ बर्षीय एक युवक चार युवतीको सामूहिक बलात्कारको शिकार भएका छन् । उनलाई ४ जनाको समूहमा आएका युवतीहरुले असुरक्षित पाराले बलात्कार गरेको मेडिकल रिपोर्टमा बताइएको छ । ती युवतीहरुले बेहोस हुने औषधिले आक्रमण गरी बेहोसे पारेर बलात्कार गरेको हारारे केन्द्रीय प्रहरी विभागले बताएको छ ।

प्रहरीका अनुसार, युवक घर फर्कन बस कुरेर बसेका थिए । बस चढेपछि बसमै सवार चार युवतीहरुले उनलार्इ नसालु औषधि खुवाएर बेहोस पारे । भोलिपल्ट बिहान होसमा आउँदा उनी निर्वस्त्र अबस्थामा भेटिएका थिए । त्यस लगत्तै आफू उजुरी दिन आएको उनले प्रहरीसँगको बयानमा भनेका छन् ।