काठमाडौं, ३० भदौ । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको पशुपति आर्यघाटमा सोमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
बोगटीलाई छोरीहरू प्रतिभा र प्रभासँगै एमाओवादी अध्यक्ष प्रचण्डले दागबत्ती दिनुभयो ।
यसअघि उहाँको पार्थिव–शरीर पार्टी कार्यालय पेरिसडाँडा र खुलामञ्चमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
त्यहाँ विभिन्न दलका नेता तथा सर्वसाधारणलगायतले श्रद्धाञ्जली दिएका थिए ।















प्रतिक्रिया