काठमाडौं, ३० भदौँ । एमाले पदाधिकारीको बैठकमा नेपाल समूहका कुन नेताले के भने । बैठकमा नेपाल समूहका पदाधिकारीहरु माधवकुमार नेपाल, भिम रावल र योगेश भट्टराईले प्रस्तुत गरेका केही अभिव्यक्ति दैनिक नेपाललाई प्राप्त भएको छ । ती भनाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ ।
माधव नेपाल
१. नवौं महाधिवेशन पछाडि पार्टी कसरी चलेको छ, कसले चलाईरहेको छ, कुन संयन्त्रले निर्णय गरेको छ, महत्वपूर्ण एवम् दुरगामी महत्व राख्ने निर्णयहरु भएका छन् कसको निर्णयको आधारमा भए ?
२. हाम्रो पार्टी व्यक्तिगत लहडमा चल्छ की सामुहिक निर्णय प्रणालीका आधारमा चल्छ ?
३. यो पार्टी कसैको व्यक्तिगत पेवा होइन लाखौलाख कार्यकर्ता र जनताको रगत र पसिनाबाट निर्मित पार्टी हो
४. अहिलेसम्म विना सल्लाह गरिएका निर्णयहरु ९सुकुुम्बासी आयोग गठन, ८ जना सभासद्को सिफारिश, समितिका सभापतिको चयन र मन्त्रीहरु फिर्ता बोलाएको र नयाँ पठाएको० का बारेमा गम्भीर छलफल र समीक्षा गरेर मात्र बैठक अगाडि बढाऔँ
योगेश भट्टराई
१. हामी निर्णय सुन्ने तहमा छौँ की निर्णय गर्ने तहमा छौँ ?
२. मन लाग्दा पदाधिकारी बैठक भन्दै बोलाएर राय लिए जस्तो गर्ने, मन नलाग्दा पदाधिकारी बैठक नै नबोलाउने र पदाधिकारी कुनै संरचना होइन भन्दै भाषण गर्ने अनि निर्णयमा मनपरी गर्ने ?
३. अहिलेसम्मका सबै निर्णयको बारेमा गंभीर समीक्षा विना बैठक अगाडि बढन सक्दैन
४. एउटै प्रक्रियाबाट निर्वाचित पदाधिकारीहरुलाई निर्णयमा सहभागि नबानाएको कारण माइन्यूटमा हस्ताक्षर गर्दिन
५। गुटगत आधारमा चल्ने हो भने औपचारिक घोषणा गर्नुस् त्यही अनुसार कार्यकर्ताको बीचमा जान्छौँ
६. अहिलेसम्मका निर्णयहरुको बारेमा गंभीर समीक्षा विना बैठक अगाडि बढ्न सक्दैन
भीम रावल
१.पार्टी संस्थागत निर्णयको आधारमा चल्नुपर्छ
२.अहिलेसम्मका सबै निर्णयको समीक्षा गरेर मात्र अघि बढौं
त्यसपछि अध्यक्ष के.पी. ओलीद्वारा बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित ।
















प्रतिक्रिया