काठमाडौं, ३० भदौँ । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनको खबरले आफु मर्माहत भएको बताउनु भएको छ ।
हृदयाघात र मस्तिष्काघातपछि उपचारका क्रममा सोमबार निधन हुनुभएका बोगटीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगी यस्तो बताउनु भएको हो ।
उहाँले पेरिसडाँडा पुगी बोगटीको परिवारजन र एमाओवादीका नेताहरुलाई समवेदना व्यक्त गर्नुभएको थियो ।
उहाँले अत्यन्त मिलनसार, मृदुभाषी र लचिलो नेताको पहिचान स्थापित गर्नुभएका बोगटीको निधनले परिवार, एमाओवादी पार्टी र सिंगो राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले शान्ति प्रकृयालाई टुंगोमा पु¥याउदै समयमा संविधान जारी गरे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने पनि बताउनुभयो ।
उहाँले अब मुलुकले द्वन्द्व धान्न नसक्ने भन्दै सबै राजनीतिक दलहरुको सहयोगमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकास हासिल गरेरै छाडिने बताउनु भयो ।
















प्रतिक्रिया