विजय थापा
भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेवाह अर्गनाइजेसन अफ अमेरिकाले इन्द्रजात्रा नेपालमा जस्तै भब्यरुपमा मनाएको छ ।
नेपाली काला, संस्कृति, परम्परा तथा भाषाको सम्बर्धन तथा प्रबर्धन गर्ने उदेश्यले स्थापना भएको नेवारी समुदायको संस्थाले चौथो पटक इन्द्रजात्रा मनाएको हो ।

अमेरिकामा जन्मिएका नयाँ पिढीलाई नेपाल भाषा तथा आफ्नो संस्कृति ,परम्परा बारे जानकारी गराउने, नेपाली संस्कृतिलाई लोप हुन् नदिनेलागाएतका उद्देश्य राखेर संस्था स्थापना गरेको अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।
नेवाह अर्गनाइजेसन अफ अमेरिका (एनओए) का पण्डित बासव राजोपाध्यायले इन्द्रजात्राको महत्वको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाली दुतावासका उप नियोग प्रमुख नारायण मैनालीले शुभकामना दिनुभएको थियो ।
इन्द्र जात्रा हेर्न अमेरिकाको वाशिंगटन डिसी ,भर्जिनिया तथा बाल्टिमोर बाहेक बोस्टन, न्युयोर्क, पेंसेलभानिया, मिसीसिपि, कोलोराडो राज्यहरुबाट अतिथिहरु आएका थिए ।
कार्यक्रममा नेपाल भाषा तथा प्रसिद्ध कबि दुर्गालाल श्रेष्ठको पुस्तक ुबोल्सम अफ सिक्सटिफोर सनसेट भन्ने नेपाल भाषा तथा अंग्रेजीमा अनुवाद भएको पुस्तकको बिमोचन गरिएको थियो ।
संस्थाका प्रथम अध्यक्ष बेद प्रधान, नेपाली दुताबासका उप नियोग प्रमुख नारायणप्रसाद मैनाली तथा पिसकर्ब अन्तर्गत सानो ठिमीमा शिक्षक रहेकी अमेरिकन महिला न्यान्सी छत्रीले सयुक्त रुपमा विमोचन गरेका थिए ।
जनकबि दुर्गालाल श्रेष्ठले इन्द्रजात्राको अवसरमा शुभकामना पठाउनु भएको थियो । अतिथिहरुलाई परम्परागत नेवारी परिकारका खाना सहित समयबजी निशुल्कमा खुवाईएको थियो ।
















प्रतिक्रिया