काठमाडौं, ३० भदौ । कांग्रेसको भ्रातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन तत्काल गर्न माग गर्दै विद्यार्थी नेताहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् ।
कांग्रेस केन्द्रिय समिति बैठक बस्न गएका केन्द्रीय सदस्य र पदाधिकारीलाई महाधिवेशन गराउन दवाव दिनका लागि नेविसंघ कार्यकर्ताहरुले पार्टी मुख्यालय घेरेका हुन् ।
महाधिवेशन स्थगित गरिएको विरोधमा नेताहरुलाई पार्टी कार्यालयमा घेराबन्दी गरेर महाधिवेशन गर्न दवाव दिन लागिएको नेविसंघका नेता नयनसिंह महरले जानकारी दिए ।
‘देशभरबाट महाधिवेशनका लागि काठमाडौं आएका महाधिवेशन प्रतिनिधि र महाधिवेशन चाहने विद्यार्थी साथीहरुले पार्टी केनिद्रय कार्यालय घेरेका हौं,’ महरले भने ‘केन्द्रीय समिति बैठक बस्न आएका नेताहरुलाई घेरावन्दी गरेपछि पार्टीले महाधिवेशन गर्ने तयारी गर्न दवाव पर्छ भन्ने हाम्रो ध्यय हो ।’
विद्यार्थी नेताहरुले पार्टीको नाम मात्र लोकतान्त्रिक व्यवहार र आचारण भने निरंकुश हुँदै अएको आरोप समेत लगाएका छन् । नेविसंघको महाधिवेशनको माग गर्दै ४ विद्यार्थी नेताहरु कांग्रेस मुख्यालयमा तीन दिनदेखि अनसन बसिरहेका छन् ।















प्रतिक्रिया