२९ आश्विन २०८३, बिहिबार

श्रद्धाञ्जलीका लागि बोगटीको शव खुल्ला मञ्चमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

posta-bahadur-bogati-hospital

भदौ ३० । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि खुल्लामञ्चमा साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म राखिने माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभएको छ ।

उहाँलाई पेरिसडाँडामा पार्टीका नेता कार्यकर्ताले मात्र श्रद्धाञ्जली दिने एमाओवादीले जनाएको छ ।

अन्य दलका नेता तथा शुभेच्छुकहरुलाई भने खुल्लामञ्चमा आउन एमाओवादीले आग्रह गरेको हो ।

बोगटीको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।

थापाथलीस्थित एक अस्पतालमा उपचार गराइरहेका बोगटीको सोमबार विहान सात बजेर २५ मिनेटमा निधन भएको थियो ।

हृदयघातपछि अस्पताल भर्ना भएका बोगटीलाई मस्तिष्कघात समेत भएको थियो । उहाँको उपचारकै क्रममा निधन भएको हो ।