३ कार्तिक २०८३, मंगलबार

इच्छाअनुसार भीम आचार्य र कर्ण थापा मन्त्रीबाट फिर्ता: ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-new

काठमाडौं २९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीलाई उनीहरुकै इच्छाअनुसार फिर्ता गरिएको बताउनुभएको छ ।

युवा संघ नेपालको विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले केही मन्त्रीको भूमिका प्रभावकारी नभएको भन्ने गुनासो आएको तथा संविधानसभा बाहिर रहेका व्यक्तिलाई पनि जिम्मेवारी दिनुपर्ने देखिएकाले मन्त्रीमण्डल पुर्नगठन गरिएको स्पष्ट गर्नुभयो । एमालेले भीमप्रसाद आचार्य र कर्णबहादुर थापालाई गत शुक्रवार मन्त्रीको जिम्मेवारीबाट हटाएको थियो ।

अध्यक्ष ओलीले पार्टीमा कुनै भागबन्डाको राजनीतिक गर्न नहुनेमा जोड दिँदै महाधिवेशनको मर्मअनुसार पार्टीलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा नवनियुक्त उद्योगमन्त्री तथा सङ्घका अध्यक्ष महेश बस्नेतले आफ्नो कारणले पार्टी अध्यक्षमाथि कुनै प्रकारको प्रश्न उठ्ने आधार बन्ने गरी आफूले कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विस्तारित बैठक सोमबार केन्द्रीय कमिटीको बैठकपछि सकिने सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । युवा संघले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष निरु पाललाई दिएको छ ।