२९ आश्विन २०८३, बिहिबार

ओलीले पार्टीलाई प्राइभेट कम्पनी नै बनाउन खोजेका हुन त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-KP oli

मोहन बास्तोला
काठमाडौँ, २९, भदौ । नेकपा एमाले भित्रको विवाद अहिले भुसको आगो जसरी सल्कदैँ गएको छ ।

एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केपी शर्मा ओली पछिल्लो समय एकलौटी ढंगले चल्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले त्यसको विरोध गरेपछि एमाले भित्रको विवाद भुसको आगो जसरी सक्कदैँ जान थालेको हो ।

नेपाल पक्षीय एक नेताले अध्यक्ष ओलीले पार्टीका आधिकारिक निकायहरुलाई निश्क्रिय बनाएर प्राइभेट कम्पनीका रुपमा चलाउन खोजिएको आरोप लगाउनुभयो ।

नेता नेपाल स्वयमले पनि अध्यक्ष ओलीलाई पटक–पटक भिड्ने चुनौति दिदैँ आउनुभएको छ ।

आइतबार राजधानीमा आयोजित युवा संघ नेपालको एक कार्यक्रमा समेत उहाँले ओलीलाई हिटलर र पूर्वराजा ज्ञानेन्द्रको शैली देखाउन खोजे त्यसको परिणाम त्यही खालको हुने चेतावनी दिनुभयो ।

यता ओली निकट मानिने महासचिव इश्वर पोखरेले आइतबार नै एक कार्यक्रममा ओली भनेकै एमाले भन्ने अभिव्यक्ति दिनुभएको भयो ।

उहाँको यो भनाईले पनि ओली समूह नेपाल समूहको चेतावनीबाट छिट्टै गलिहाल्ने संकेत देखाउदैन ।

बरु यसले एमाले भित्रको विवाद साम्य हुने भन्दा झन–झन बढेर जाने संकेत गर्छ ।

पूर्व अध्यक्ष झलनाथ खनालसँग ओलीले पछिल्लो समय राय–सल्लाह लिने र नेपाललाई भने भाउ नदिनुले पनि नेपाल समूह थप रुष्ट बनेको छ ।

संविधानसभामा मनोनित गर्ने एमालेको भागमा परेका सभासद नियुक्त गर्ने कुरामा पनि ओलीले आफुखुशी गरेको नेपाल समूहको आरोप छ ।

पार्टी सञ्चालन प्रक्रियागत ढंगले नगरी लहडका भरमा पार्टी चलाउन खोजेको नेपाल समूहको आरोप छ ।

भर्खरै नियुक्त भएका दुई मन्त्री महेश बस्नेत र दिपक अमात्यको सन्र्दभमा पनि नेपाल समूहलाई कुनै जानकारी नै नगराई ओलीले नियुक्त गरेको भन्दै नेपाल समूह झन रुष्ट बनेको छ ।

महाधिवेशनदेखिनै तटस्थ भूमिकामा देखिदैँ आउनु भएका खनाल भने मन्त्री नियुक्तिको सन्र्दभमा ओलीको बचाउ गर्दै आउनुभएको छ ।

खनाललाई आफुतिर तान्दा आफु बहुमतमा हुने भएकाले ओली त्यो दाउमा लागेको हुनसक्ने अनुमान नेपाल समुहले लगाएको छ ।

नेपाल समूहले यी सबै कुराको छिनोफानो तेस्रो केन्द्रीय कमिटी बैठमा गर्ने भित्री तयारी गरेको बुझिएको छ ।

एमाले भित्रको विवाद उक्त बैठकले मिलाएर जाने हो वा झन कलहको विउ रोप्ने हो त्यो हेर्न भने केन्द्रीय कमिटि बैठक नै कुर्नु पर्ने भएको छ ।