काठमाडौँ, २९, भदौ । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी उपाध्यक्ष ,पोष्टबहादुर बोगटीको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कोइराला आइतबार नर्भिक अस्पताल पुगेर यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
कोइरालाले बोगटीको उपचारमा कुनै कमजोरी हुन नदिन उपचारमा संलग्न चिकित्सकहरुलाई निर्देशन समेत दिएको उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले बोगटीको उपचारमा संलग्न चिकित्सकहरुसंग बोगटीको स्वास्थ्य अवस्थाका बारेमासमेत जानकारी लिनुभएको थियो ।
चिकित्सकहरुले बोगटीलाई तत्काल बाहिर लैजाने अवस्था नरहेको भन्दै हरसंभव उपाय अबलम्बन गर्ने जानकारी प्रधानमन्त्रीलाई दिएका छन् ।
प्रधानमन्त्री कोइरालाले आइतबार नै एमाओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन सम्पर्क गरी बोगटीको उपचारमा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।
















प्रतिक्रिया