३ कार्तिक २०८३, मंगलबार

राउतलाई पक्राउ गरेर राज्यले पञ्चायती शैली देखायोः गुप्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JP-gupta(2)

काठमाडौँ, २९, भदौ । देश टुक्राउन माग राख्दै तराईमा अभियान चलाउँदै आएका डा. सिके राउत पक्राउ परेको विषयलाई लिएर जेपी गुप्ताले आपत्ति जनाएका छन् ।
उनले एक विज्ञप्ति निकाली भदौ २८ गते राती मोरंग जिल्लाको रंगेली नजिकबाट नेपाल प्रहरीले राउतलाई गिरफ्तार गरेर गैर न्यायिक हत्या र राजनीति पे्ररित दमनकै पछिल्लो रुप देखाएको आरोप लगाएका छन् ।

‘मुलुकको प्रचलित कानून अनुसार पक्राउ पुर्जी नदिई तथा पक्राउ गरिनुको कुनै कारण नबताएर गरिएको यो गिरफ्तारीले मधेसमा अझै पञ्चायती व्यवस्था कायम नै रहेको पुष्टी गरेको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घटना विगत केही महिनादेखि मधेसमा सरकारबाट निरन्तर भैरहेको गैर न्यायिक हत्या र राजनीति पे्ररित दमनकै पछिल्लो रुप हो ।’

गुप्ताले विज्ञप्तिमा राउतले थालेको अभियान अनावश्यक र असान्दर्भिक कार्य भए पनि उनलाई पक्राउ गर्ने शैली भने पञ्चायती रवाफ भएको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा कसैको विचारको अभिव्यक्तिलाई कुण्ठित गर्ने कार्यको पनि विरोध गरेका छन् ।

‘खासगरी राजनीतिक रुपमा एकात्मवादी र व्यवहारमा परम्परा देखिनै दमनकारी रहेको विद्यमान राज्यको संरचनामा आमूल रुपान्तरण गर्ने यस वेलामा कसैको विचार अभिव्यक्तिको बिषयलाई लिएर गिरफ्तार गरिनु सर्वथा अनुचित कार्य हो,’ उनले भनेका छन्, ‘राज्यले यो अनुचित कार्य गरेको छ । तराई मधेस राष्ट्रिय अभियान तत्काल सि.के. राउतलाई रिहा गर्न माग गर्छ ।’