वुटवल, २९ भदौ । प्यूठान उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सूर्य विश्वकर्मासहित तीन जनाको जिप दुर्घटनामा मृत्यु भएको छ ।
प्यूठानबाट बुटवलतर्फ आउँदै गरेको निजी टाटा सुमो कपिलबस्तुको सालझण्डीमा दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।
गाडी पन्चर हुँदा अनियन्त्रित भई पिपल रुखमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाको परिचय खुलेको छैन ।
गाडीमा सवार सूर्यकी श्रीमती रमा बिक र चालक कृष्ण विकको अवस्था भने सामान्य छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
















प्रतिक्रिया