२९ आश्विन २०८३, बिहिबार

मिस झापा २०१४ को ताज रचना उप्रेतीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rachana-uprety

बिर्तामोड । झापा २०१४ को’ उपाधिको ताज रचना उप्रेतीले पहिरेकी छिन् । वीरता जेसीज झापाद्धारा आयोजित ‘वास्किङ्ग रविन्स् मिस झापा २०१४ को’ ताज रचनाले पहिरेकी हुन ।

शनिवार झापाको चारपानेमा सम्पन्न फाइनल अडिसनमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै झापा डांगीबारीकी रचनाले उपाधि हात पारिन्। टप पाचौँमा पर्न सफल रचनाले समय वित्दै जादा तपार्इंले आफूमा के परिवर्तन ल्याउन चाहनुहुन्छ ? भन्ने प्रश्नको चित्त बुझ्दो उत्तर दिएर निर्णयकहरुको मन जित्न सफल भएकी थिइन् । उनले ५० हजार नगदसहित विभिन्न ठाउँको भ्रमण तथा विभिन्न कम्पनीबाट निःशल्क गिफ्ट हेक्परसमेत हात पारेकी छन् । उपाधि चुम्न सफल रचना विनरसँगै वेस्ट पर्सनालिटीसमेत भएकी थिइन् ।,रचनालाई मिस नेपाल २०१० की विजेता सदिक्षा श्रेष्ठले ताज पहिराएकी थिइन ।

यसैगरी अन्य प्रतिष्पर्धीलाई उछिन्दै रिसिका प्रधान फस्ट रनरअप घोषित भएकी छन् । उनले ३० हजार नगदसहित विभिन्न ब्राण्डका निःशुल्क गिफ्ट हेक्पर तथा डान्स प्याकेजलगायत पाएकी छन् । अनिसा प्रधान सेकेण्ड रनरअप घोषित भएकी छन् । सेकेण्ड रनरअपसँगै प्रधान बेस्ट डे«स एवं पब्लिक च्वाइजमा पर्न सफल अनिसाले नगद १५ हजार सहित गिफ्ट हेम्पर प्राप्त गरेकी थिइन् ।

त्यसैगरी प्रतिस्पर्धीमध्ये निशा प्रधानले बेस्ट स्माइल, पूजा श्रेष्ठले बेस्ट स्टाइलिष्ट, पुनम भण्डारीले मिस ट्यालेन्ट, साहारा राईले बेस्ट वर्क, पार्वता वोहोराले बेस्ट फ्रेण्डसिप, श्रृष्टि पोखरेलले बेस्ट डिस्प्लिन र रिसिका प्रधान बेस्ट फोटो जोन हुन सफल भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल, नेपाल जेसीजका नरेश दाहाल, मिस नेपाल २०१० की सदिक्षा श्रेष्ठ, सुस्मा नकर्मीलगायतले उपाधि जित्न सफल प्रतिस्पर्धीलाई नगद, तथा ताज पहि¥याएका थिए । कार्यक्रम वीरता जेसीज २०१४ का अध्यक्ष विशाल थापाको सभापत्विमा सम्पन्न भएको थियो ।