३० आश्विन २०८३, शुक्रबार

किसानका मोबाइलमा विषादी चेतना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sms-mobilबनेपा, २९ भदौ । काभ्रे पाँचखालका किसान ज्ञानबहादुर थापाको मोबाइलमा एकदिन अचानक अनौठो नम्बरबाट एसएमएस आयो।

झटपट इन्बक्स थिचे, एसएमएसकर्ता कोही चिनेजानेका साथी, परिवारका सदस्य वा आफन्त थिएनन्। उनी थिए– प्रमुख जिल्ला अधिकारी थापाले तत्काल अचम्म मान्दै एसएमएस पढे।
त्यसमा लेखिएको थियो– ‘नचाहिएसम्म विषादी प्रयोग नगरौं। गर्नैपरे प्राविधिक सल्लाहमा सुरक्षित विषादी मात्रै प्रयोग गरौु’

मोबाइल फोनमा यस्तो काम लाग्ने सन्देश आएको देख्दा उनी निकै खुसी भए। ज्ञानबहादुरको मोबाइलमा मात्र होइन, अचेल काभ्रे पाँचखालका ३ सय किसानका मोबाइलमा विषादी चेतनासम्बन्धी यस्ता सन्देश आइरहन्छन्।

किसान पनि खेतबारीमा काम गर्दागर्दै मोबाइल थिचेर विषादीसम्बन्धी ज्ञान बटुलिहाल्छन्।

तरकारी खेतीमा देशमै कहलिएको पाँचखाल अहिले विषादी प्रयोगमा हटस्पटका रुपमा चिनिएको छ। पाँचखालको यो खराब परिचय मेटाउन अहिले सबै पक्ष जुटिरहेको समाचार आजको नागरिक दैनिकले छापेको छ । यही क्रममा काभ्रे प्रशासनले सन्देश प्रवाह गरिरहेको छ, किसानलाई विषादी चेतनाका एसएमएस।

दुई वर्षअघि छिमेकी जिल्ला सिन्धुलीमा सुरु एसएमएसमार्फत कृषि सूचना प्रवाह कार्यक्रम प्रभावकारी देखिएको थियो। केही महिनाअघि पाँचखालको तरकारीमा बढी विषादी रहेको, यहाँका किसान र उपभोक्तामा समेत विषादी प्रयोगले अनेक रोग देखिएको लगायत सार्वजनिक भएका थिए।

सरकारले काभ्रेका तरकारी राजधानी भित्रनै नदिने गरी केही दिन रोकसमेत लगाएको थियो। पछिल्ला दिनमा भने किसानमा विषादी चेतना बढ्दै गएको सूचना सार्वजनिक भएका छन्।

काभ्रेको तरकारी उत्पादन भण्डार, पाँचखालमाआइटी इन्जिनियरहरूको समूह क्रियटिङ स्माइल्स–बिल्डिङ द नेसनले कृषिमा सूचना प्रविधिअन्तर्गत एसएमएस सेवा सुरु गरेको हो। यसलाई मोबाइल एपमा समेत उपलब्ध गराइएको छ।