काठमाडौँ, २८ भदौ । हृदयघात र मस्तिष्कघातका कारण अचेत हुनुभएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई थप उपचारका लागि विदेश लाने तयारी भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका बोगटीको स्वास्थ्यमा सुधार नदेखिएपछि एमाओवादीले उहाँलाई उपचारका लागि देशबाहिर लैजान तयारी गरेको हो ।
एमाओवादीले आइतबारसम्ममा पनि केही सुधार नभए बोगटीलाई उपचारका लागि दिल्ली लैजाने जनाएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा लगायतका नेताले अस्पतालमै पुगेर चिकित्सकसँग सल्लाह गर्नुभएको छ । आएपनि बिहीबार राति एक्कासि हृदयघात हुनुभएका बोगटी त्यसपछि भएको मष्तिष्कघातले गर्दा अहिले पनि अचेत हुनुहुन्छ ।
















प्रतिक्रिया