युएई । पथरी युवा समाज युएइले मोरंङ जिल्ला क्षेत्र न २ बाट पत्रकारिता गर्ने क्रियाशील पत्रकारलाई सम्मान गर्ने भएको छ ।
क्रियाशील पत्रकार भुपेन्द्र तिमल्सेना र प्रेरणा पत्रकारिता पुरस्कारबाट नरेन्द्र राईलाई सम्मान गर्ने भएको हो ।
पथरी युवा समाज युएईको गत अगस्त १ तारिक आफ्नो कर्म थलोमा रहेका पत्रकारहरुको कदर गर्दै उनीहरुलाई प्रोत्साहन गर्ने हेतुले क्रियाशील पत्रकारिता पुरस्कार दिने घोषणा गरेको थियो ।
समाजले पत्रकारितामा लामो समयदेखि क्रियाशील रहेकाले पत्रकार तिमल्सेनालाई क्रियाशील पत्रकारिता र पत्रकारिता तथा पत्रपत्रिकाको विकासमा उल्लेखीय भूमिका खेलेको भन्दै राइलाई प्रेरणा पत्रकारिताबाट सम्मान गर्न लागेको समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
समाजले क्रियाशील पत्रकारिता पुरस्कारमा छनोट गरिएका तिमल्सेनालाई नगद रु १०,००० (नगद दश हजार) र सम्मानपत्रबाट सम्मानित गर्ने बताएको छ । राइलाई प्रेरणा पत्रकारिताबाट सम्मानित गर्ने समाजले जानकारी दिएको छ ।
समाजले सम्मानित पत्रकारको छनोट प्रक्रियालाई निष्पक्ष बनाउनका लागि पथरीबाट पत्रकारिता गरि हाल युएइमा रहेका नेपाल पत्रकार महासंघ युएईका सह–सचिव त्रिलोचन कोइरालाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव मोहन भट्टराई, नेपाल पत्रकार महासंघ मोरङका सदस्य लोकबहादुर चौहान, पथरी युवा समाज युएईका अध्यक्ष कृष्णप्रसाद पौडेल र पथरी युवा समाज युएई सम्पर्क समिति पथरीका सचिव तारा घिमिरे रहेको ५ सदस्यीय एक छनौट समिति बनाएको थियो ।
पथरीमा विजयादशमीको अबसरमा एक कार्यक्रम गर्दै पत्रकारलाई सम्मान गर्ने समाजका सस्थापक अध्यक्ष मोहन नेपालले जानकारी दिनुभयो ।















प्रतिक्रिया