मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया आएका मोरंङका सिताराम सार्कीको मंगलवार सुतेकै अवस्थामा मृत्यु भएको छ ।
मोरंङ टाडी ८ धोेवेनका सार्की पेनाङ्गस्थित खोम्तारमा रहेको लाइलाई होटलमा कार्यरत रहेका थिए । सार्कीको सुतेकै अवस्थामा
मृत्यु भएको उनका आफन्तले जनाएका छन् । उनी विगत ४ वर्ष वाट सो होटलमा कार्यरत रहेका थिए ।
राती खाना खाएर सुतेका उनको शव विहान फेला परेका हो ।
६पी अन्तरगत वैधानिक रुपमा कार्यरत रहेका उनको शव हाल पेनाङ्गको जिएस अस्पतालमा राखिएको छ ।
शवलाई नेपाल पठाउन उनी कार्यरत कम्पनीले आधा पैसा जुटाउनु पर्ने वताएपछि उनका साथीले केहि रकम जम्मा पारेका छन् ।
उनका २ छोरा र १ छोरी रहेको वुझिएको छ ।
















प्रतिक्रिया