२९ आश्विन २०८३, बिहिबार

आचार्य र थापा मन्त्रीबाट फिर्ता, अमात्य र बस्नेतलाई एमालेले मन्त्री बनायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh_basnetकाठमाडौ, २७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिमण्डल हेरफेर  गर्नुभएको छ ।

पुनर्गठित मन्त्रिमण्डलमा दीपकचन्द्र अमात्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र महेश बस्नेतले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

यस अघि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी एमालेका सचिव भीम आचार्यले सम्हाल्दै आउनु भएको थियो ।

उद्योगमन्त्रीमा एमालेकै केन्द्रीय सदस्य कर्ण थापा हुनुहुन्थ्यो । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकास अधिकारीले दिएको जानकारी अनुसार अन्य मन्त्रालयको जिम्मेवारी भने यथावत रहेको छ ।