काठमाडौ, २७ भदौ । सर्वपक्षीय राजनीतिक सभा भदौ ३१ गते गर्न चार सहमत भएका छन् ।
चार दलको सहमतिमा गठित कार्यदलले शुक्रबार यस्तो समहमति गरेको हो ।
सहमति अनुसार राजनीतिकसभा यही भदौ ३१ गते बिहान साढे ८ बजे संविधानसभा भवन नयाँबानेश्वरमा हुने भएको छ ।
संविधानसभामा भएका ३१ दल सहभागी उक्त सभामा सहभागी हुने छन् ।
तर, सभामा बैद्य माओवादीको ३३ दलीय मोर्चामा भएका दलसहित क–कसलाई सहभागी गराउने भन्ने चाहीँ टुङ्गो शनिबार मात्र लाग्नेछ ।
कार्यदलले गरेको सहमतिलाई शीर्ष नेताहरुले अन्तिम रुप दिएपछि यसले औपचारिकता पाउँने कार्यदलमा सहभागी एक नेताले जानकारी दिए ।















प्रतिक्रिया