२९ आश्विन २०८३, बिहिबार

पिटिएको सम्झौताका प्रति नेकपा–माओवादीसहितका दलले जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

baidha-mao-dharna

काठमाडौँ, २७ भदौ । सरकारले भारतसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता (पिटिए) को विरोधमा आन्दोलनरत नेकपा–माओवादीसहित विभिन्न राजनीतिक दलले शुक्रबार सम्झौताका प्रति जलाएका छन्।

उनीहरुले शुक्रबार बिहान १० देखि १२ बजेसम्म सिंहदरबारको दक्षिण ढोका नजिकै धर्ना दिँदै सम्झौताका प्रति जलाएका हुन्।

धर्ना कार्यक्रममा आन्दोलनरत विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दै पिटिए सम्झौता राष्ट्रहित विपरीत भएको भन्दै सो सम्झौता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए।

उनीहरुले विश्वकै सबैभन्दा सस्तो विद्युत् आयोजना माथिल्लो कर्णाली आयोजना नेपाल सरकारले आफैँ बनाउनुपर्नेमा जोड दिँदै भारतलाई सो आयोजना बनाउन दिन नहुने बताएका थिए।

माओवादीका प्रवक्ता पम्फा भुसालले विभिन्न ४७ दलको सर्वदलीय बैठकको भदौ २१ गतेको निर्णयअनुरुप आज सिंहदरबार अगाडि धर्ना दिइएको बताए।

पिटिए तयारीको विरोधमा रहेका दलहरुले आज काठमाडौँमा सिंहदरबार अगाडि र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने र पिटिएको पत्र जलाउने कार्यक्रम तय गरेका थिए। रासस