लण्डन । नेपाली हिन्दुहरुको पर्व विजया दशमीको अवसरमा पारी लण्डनमा दशैं म्युजीक फेस्टिभल (डिएमएफएल) हुने भएको छ ।
बि १३ ले बुधबार साँझ लण्डनमा आयोजना गरेको पत्रकार भेटमा आयोजक मध्यका एक प्रशान्त महर्जनले कार्यक्रमबारे जानकारी गराउनुभयो ।
लण्डनको इलाफेण्ट एण्ड कास्टलमा रहेको कोरोनेट थिएटरमा १३ अगष्ट शनिबार आयोजना गरिने उक्त कार्यक्रममा नेपालको प्रसिद्ध कर्मा ब्याण्डले प्रस्तुति दिनेछ ।
पेपरेज, डिज्यास्टर, युट्युब हिट छेवाङ, गरिमा राई, भोक्सो (ह्याण्डसमको नि लिमिट हुन्छ) लगायतको पनि प्रस्तुति रहने छ ।
त्यसपछि रातभरी फ्रि डान्स पार्टी हुने महर्जनले जानकारी दिनुभयो ।
बेलायत आउने भीषा नदिएका कारण कार्यक्रममा एक्स ब्याण्ड भने उपस्थित नहुने भएको छ ।
अठार बर्ष माथिकाहरुलाई मात्र प्रवेश दिइने सो कार्यक्रममा जानेहरुका लागि अनलाईन डब्लुडब्लुडब्लु डट नेपाली दोकान डटकम मा लगअन गरी टिकेट लिन सकिन्छ ।
कार्यक्रममा सहभागि कर्मा ब्याण्डका भोकलिष्ट सुरेन्द्रमान सिंहले सहभागि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन आफुहरु तयार रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा सन्तोष स्याङ्बो, पुजन थापा, अञ्जन बगाले, अञ्जन बगाले, प्रवेश भण्डारी, अविनाश गुरुङ लगायत सहभागि थिए ।













प्रतिक्रिया