३ कार्तिक २०८३, मंगलबार

चक्कु देखाएर बस लुट्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २७ भदौ । नवलपरासीमा प्रहरीले बसका चालक र सहचालकलाई चक्कु देखाएर रकम लुटपाट गर्ने दुईजनालाई आज पक्राउ गरेको छ ।

भारतपुरबाट नेपालगन्ज जान हिँडेको जिल्लाको दाउन्नेमा बिग्रिएर बसेको ना४ख ४०८० नम्बरको बसका चालक र सहचालकलाई घरेलु हतियार देखाई नगद, मोबाइल लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासी दुम्किबास–१ का २८ वर्षीय विनोद गिरी र २६ वर्षीय आनन्द गुरुङ रहेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख प्रहरी निरीक्षक रमेश पन्थीले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले नगद १४ हजार, मोबाइल, घडीलगायतका वस्तु फेला पारेको छ ।

उनीहरुको साथबाट उनीहरुले प्रयोग गरेको लु१५प १०५८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आजै कावासोती प्रहरी पठाइएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । रासस