३ कार्तिक २०८३, मंगलबार

असोज १ भित्र लिखित जवाफ लिएर आफैँ आउन कान्तिपुरका टोलीलाई सर्वोच्चको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprim-court

काठमाडौँ, २७ भदौ । कान्तिपुरका टोलीलाई सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ लिएर आफै उपस्थित हुन आदेश दिएको छ ।

प्रधान न्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको पूर्ण इजलासले कान्तिपुरका टोलीलाई असोज १ गतेसम्मको समय दिएको छ ।

कान्तिपुरमा प्रकाशित सामग्रीले अदालतको अवहेलना गरेको भनी परेको मुद्दाको सुनुवाई दुई पटक सारेर अदालतले कान्तिपुर टोलीलाई शुक्रबारका लागि बोलाएको थियो।

अदालतमा कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलास सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र पत्रकार घनश्याम खड्का उपस्थित भएका थिए।

सर्वोच्चमा नेपाली कांग्रेसका उप–सभापति रामचन्द्र पौडेल र युवा नेता गगन थापासमेत कान्तिपुरका टिमलाई भेट्न पुगेकाथिए ।

प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यावद्धता जनाउन भन्दै एमाले नेता गोकर्ण विष्ट, कांग्रेस नेता नविन्द्रराज जोशी, रामहरि खतिवडा, एमाओवादीका जनार्दन शर्मालगायत सर्वोच्च परिसरमा पुगेका थिए ।