३ कार्तिक २०८३, मंगलबार

एमालेका भिम रावलले बाबुरामलाई भने–कसैको धम्कीसँग नडराउनुहोस् एमालेको साथ छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

काठमाडौँ, २७ भदौ । एमाले उपाध्यक्ष समेत रहनु भएका भीम रावललगायतका सभासदले संविधान निर्माणका क्रममा जस्तोसुकै दबाब आएपनि नडराउन संवैधानिक संवाद समितिका सभापति बाबुराम भट्टराइलाई आग्रह गरेका छन ।

संविधानसभा बैठकमा संवाद तथा सहमति समितिले तयार पारेको प्रतिबेदनमाथिको छलफलमा भाग लिदै रावलले संविधान निर्माणका क्रममा खुट्टा नकमाउन सभापति भट्टराईलाई आग्रह गर्नुभयो ।

रावलले भट्टराईलाई कसैका धम्कीबाट नडराउन र दृढतापूर्वक संविधान निर्माणको काममा अघि बढ्न पनि आग्रह गर्नुभयो ।

दबाब र धम्कीसँग नडराउन आग्रह गर्दै रावलले एमालेको तर्फबाट पूरा साथ र सहयोग हुने पनि विश्वास दिलाउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रक्रियामा गएर संविधान निर्माण गर्न ठूला दललाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सभासद भरत शाहले समितिका सभापति भट्टराई गम्भीर बनेको भन्दै संविधान बन्ने आशा पलाएको बिचार राख्नुभयो । उहाँले पनि भट्टराईलाई धम्कीबाट नडराउन आग्रह गर्नुभयो ।

एमाओवादी सभासद शक्तिबहादुर बस्नेतलगायतले पनि बोल्नु भएको थियो ।