काठमाडौं, २७ भदौ । सर्बोच्च अदालतका बरिष्ठ न्यायाधीस रामकुमारप्रसाद साह प्रधान न्यायाधीस पदका लागि सिफारिस हुनुभएको छ ।
संवैधानिक परिषदको शुक्रवार बसेको बैठकले साहलाई प्रधान न्यायाधीसका लागि रिफारिस गरेको हो ।
प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको परिषद बैठकले साहको नाम सिफारिस गरि संसदीय सुनुवाई विशेष समितिमा पठाउने निर्णय गरेको हो ।
प्रधान न्यायाधीस दामोदरप्रसाद शर्माले असोज २३ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि नयाँ प्रधान न्यायधिशमा उहाँको नाम सिफारिस भएको हो ।
तत्कालिन प्रधान न्यायाधीस खिलाराज रेग्मी अन्तरिम मन्त्रीपरिषद्को अध्यक्ष बनेपछि कायुममुकाय प्रधान न्यायाधीस बन्नुभएका शर्मा गत बैशाख १ गते रेग्मीले राजिनामा दिएपछि प्रधान न्यायाधीस हुनुभएको थियो ।
साहले उमेर हदका कारण ८ महिना प्रधान न्यायाधीस भएर काम गर्न पाउनु हुनेछ ।
















प्रतिक्रिया