काठमाडौं, २७ भदौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई हृदयाघात (हर्टअट्याक) भएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकेर घर फर्किएका बोगटीलाई बिहीबार राति १० बजे काठमाडौंको सानो भर्याङस्थित निवासमा एक्कासी हृदयाघात भएको हो ।
लगत्तै उहाँलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । चिकित्सकहरुले राति नै शल्यक्रिया गरेका कारण उहाँ खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ । बोगटीलाई अहिले आईसीयुमा राखिएको छ ।
बोगटीलाई हृदयाघात भएको खबर पाउनासाथ बिहानैदेखि एमाओवादीका नेता तथा कार्यकर्ताको अस्पतालमा भीड लागेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शीर्ष नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरालगायतका नेता स्वास्थ्य अबस्थाबारे बुझ्न राति नै अस्पताल पुगेका थिए ।
















प्रतिक्रिया