काठमाडौं, २७ भदौ । डकैती गर्ने क्रममा राजधानीका विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गर्ने एउटा गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छ बर्ष अघि देखी राजधानीका बिभिन्न स्थानमा पेस्तोल देखाएर डकैती र हत्या गर्दै हिड्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले चार वटा गोली प्रहार र लुटपाटका घटनामा संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं भीमसेनगोला काठमाडौंका निरज केसी, संकटा काठमाडौंका सुनिल महर्जनलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी पूष्कर कार्कीले यि सहित बाँकी दुई जनाले समुह खडा गरेर राजधानीमा अपराधिक गतिविधी सुरु गरेको बताए ।
उनका अनुसार यो समुहमा केसी र महर्जन बाहेक राजु डंगोल र अशोक गोले छन् । यिनीहरुले अपराध यात्रा २०६६ साल देखी सुरु गरेका हून् । प्रहरीका अनुसार २०६६ मा बाफल स्थित एक ब्यापारीलाई खुकुरी देखाएर ५ लाख रुपैंया लुटेका थिए । त्यसपछि यिनीहरुले भारतबाट दुई वटा अबैध पेस्तोल नै खरिद गरेर अपराधकर्मलाई तिब्रता दिएका थिए । यो समुहका डंगोल र गोले पक्राउ परेर केन्द्रीय कारागारमा थुनामा छन् ।
बाफलपछि यिनीहरुले २०६७ असोज ताका ठमेलमा ४२ वर्षीय भीक्षु निमा लामालाई गोली प्रहार गरेर दश लाख रुपैंया लुटपाट गरेको समाचार आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । त्यो बेला महाशाखा प्रमुख कार्की काठमाडौं परिसरका प्रमुख थिए । त्यो घटनाा राजु डंगोलले भिक्षु ठमेलस्थित पोटाला होटलको नजिक रहेको मनि चेन्जरमा पैसा साट्न आउने सुचना दिएका थिए । त्यहि सुचनाका आधारमा पुगेका उनीहरुले भिक्षुलाई गोली हानी रकम बोकेर फरार भएका थिए । घटनामा मेडिन यूएसए र चाईनिज अटोमेटिक पेस्तोल प्रयोग भएको थियो ।
यस्तै २०६७ चैत १० गते टेुकको एक्साईड ब्याट्रीको कम्पनीमा काम गर्ने कामदार माथी भएको गोली प्रहारको घटनामा समेत यिनीहरुको संलग्नता रहेको प्रहरीको भनाई छ । त्यहाँ साँझपख आएका चार जनाले कम्पनीमा रहेका ललितपूरका प्रेमकृष्ण महर्जन र पाल्पाको बराम्दी घर भएका सुदिप बस्याललाई गोली प्रहार गरेका थिए ।
बस्याललाई गोली लागेन भने दुई रायण्ड गोली लागेका महर्जनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । महाशाखा प्रमुख कार्कीका अनुसार डंगोलको महर्जनसंगको ब्यक्तिगत दुश्मनीका कारण घटना घटेको हो । उक्त घटनामा समेत उनीहरुले पुरानै हतियार प्रयोग गरेका थिए ।
टेकुमा गोली हालेको १७ औं दिनमा यहि सुमहले गणबहालमा ब्यापारी अञ्जनी कुमार चाचनको गोली हानेर हत्या गरेको प्रहरी बताउँछ । गणबहालको एभि इन्टरप्राइजेज लेडिज ब्यागको होलसेल पसल चलाउने चाचन माथी लुटपाट गर्ने उद्येश्यले गोली प्रहार भएको प्रहरीको भनाई छ । भारतको राजस्थान घर भएर पुतलीसडक बस्ने चाचनले हुण्डीको कारोबार गर्ने अनुमान गरेर ठुलै पैसा हुने भन्दै डकैतीका लागि गोली हालेको कार्कीले बताए ।
तर भित्री शरहमा घटना घटाएकाले रकम लैजान भने नपाएको प्रहरी बताउँछ । ‘दुई जना गएर गोली प्रहार गरेका थिए, पैसा राख्ने लकरमा पुग्न नपाउँदै हल्ला हुन थालेपछि उनीहरु भागेका थिए’ कार्कीले भने ‘ढिलै भएपनि उनीहरु पक्राउ परे ।’ प्रहरीका अनुसार चाचनसंग हुण्डीको दुई करोड रुपैंया रहेको सुचना राजुले पाएको र त्यहि सुचनाका आधारमा गोली हान्ने योजना बनाएका थिए । प्रहरीका अनुसार ति घटनापछि दुई जना पक्राउ परेपछि केसी र महर्जन भने फरार भएका थिए ।
प्रहरीले खोज्नथालेपछि यिनीहरु भारतका बिभिन्न शहरमा बस्दै आएका थिए । एक हप्ता अघिमात्र काठमाडौं आएका यिनीहरुलाई काठमाण्डौं र सुनसरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यिनीहरु भारतको मुम्बईमा फास्टफूड रेष्टुरेन्ट खोल्ने योजनामा थिए ।















प्रतिक्रिया