३ कार्तिक २०८३, मंगलबार

लगातार संसद अवरुद्ध, गतिरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका–संसद्को अवरोध चाँडै अन्त्य हुने बताउनुभएको छ ।

संविधानसभाको बिहीबारको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पत्रकारको जिज्ञासा मेटाउँदै दलबीच छलफल चलिरहेकाले सदनको गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दल एमाओवादीलगायत विपक्षी दलले उच्चस्तरीय राजनीतिक समिति गठनलगायत चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै गत सातादेखि संसद्को बैठक अवरोध गर्दै आएका छन् ।

त्यस्तै नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले चारबुँदे सहमतिमा उच्चस्तरीय राजनीतिक समितिको संयोजकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बनाउने भन्ने सहमति नभएको प्रतिक्रिया दिनुभयो । संविधानसभाको आजको बैठकबाट बाहिरिने क्रममा नेता खनालले समिति गठन गर्न आफूहरू तयार रहे पनि संयोजकमा एमाओवादीको दाबी आएका कारण गतिरोध उत्पन्न भएको बताउनुभयो । रासस