२८ आश्विन २०८३, बुधबार

नेदरल्यान्डका नेपालीबाट पहिरोपीडितलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फलेवास (पर्वत), २६ भदौ । पहिरोमा परी घरबार गुमाएका पहिरोपीडित परिवारलाई प्रवासीहरूले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

भदौ ११ गत बिहान गएको पहिरोका कारण घर गुमाएका कुश्मा नगरपालिका–१८ का हरिलाल चापागाईंको परिवारलाई नेदरल्यान्डवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् ।

सदरमुकाम कुश्माबजारस्थित एकता युवा क्लवका सक्रियतामा नेदरल्यान्डवासीले रु ३९ हजार ८७ पहिरोपीडित चापागार्इंलाई सहयोग गरेका हुन् ।
प्रजातान्त्रिक विचार समाजद्वारा बुधबार कुश्माबजारमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् शेखर कोइरालाले पीडित चापागाईंलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

पहिरोमा परी हरिलाल चापागाईंकी तीजमा दरखान गएकी छोरी जमुना र उनका दुई छोरी जेनिका र जस्मिनको ज्यान गएको थियो भने चापागाईंको घर पूर्णरुपमा पुरिएको छ । रासस