३ कार्तिक २०८३, मंगलबार

इलामबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १० घाइते, तीनको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), २६ भदौ । चितवनको दारेचोक–३ कुरिनटारमा आज बिहान भएको सवारी दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुको अहिले चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इलामबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ७१३७ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको र अहिले उद्धारकार्य जारी रहेको छ ।

घटनाको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।