काठमाडौं, २५ भदौ । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई विस्तारै एक्लिदैँ गएका छन् ।
पार्टी गठन भएको दुई वर्ष पनि नपुग्दै एकपछि अर्को नेताले छाड्दै गएपछि उनी एक्लो बन्ने संकेत देखिएको छ ।
एमालेको उपाध्यक्ष रहेका बेला पार्टी परित्याग गरी संघीय समाजबादी पार्टी गठन गरेका राईको पार्टीबाट निस्कनेको लहर चलेको छ ।
केही समय अघि मात्र विजय शुव्वाले संघीय समाजवादी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।
फेरि उनको पार्टीको विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियनका अध्यक्ष शैलेस लामासहितका पदाधिकारीले पनि पार्टी परित्याग गरेका छन् । उनीहरु पनि नेकपा एमाले प्रवेशको तयारीमा छन् ।
यस्तै नेवाः राज्य समिति प्रमुख निश्चल ढुंगेलसहित १३ केन्द्रीय सदस्य र सिन्धुपाल्चोकका अध्यक्षसहितको नेताहरुले पनि पार्टी परित्यागको घोषणा गरका छन् ।
पार्टीमा रहेका राजेन्द्र श्रेष्ठ, रिजमन अन्सारीलगाएतका नेता पनि उनीसँग असन्तुष्ट छन् । उनीहरुले पनि पार्टी परित्यागको तयारी गरेको बुझिएको छ ।















प्रतिक्रिया