लण्डन । बेलायतबाट विश्वका ६५ भन्दा बढि देशहरुमा प्रशारण भइरहेको नेपाली टेलिभिजन युकेले स्थापनाको नवौं बर्ष गांठकोे अवसरमा वेवसाइटबाट पनि आफ्नो सेवा विस्तार गरेको छ ।
विश्वमा छरीएर रहेका करोडौं दर्शकहरु सम्म पुग्न नेपाली टेलिभिजनको वेवसाईटबाट प्रत्यक्ष हेर्न सकिन्छ ।
यो सुविधासंगै विश्वभर रहेका नेपाली टेलिभिजनका दर्शकहरुले नेपाली टेलिभिजनको वेवसाइट www.nepalitv.com मार्फत नेपाली टेलिभिजन प्रत्यक्ष हेर्न सक्नेछन् ।
वेवसाइटका अलावा बेलायत, युरोप, अष्ट्रेलिया तथा खाडी मुलुकमा पनि टेलिभिजन बक्सको सहायताले नेपाली टेलिभिजन सिंतैमा हेर्न सकिने नेपाली टेलिभिजन व्यवस्थापनले जनाएको छ ।













प्रतिक्रिया