२९ आश्विन २०८३, बिहिबार

सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ मा संविधान बन्छः डा. महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahat– ramsaranविराटनगर, २५ भदौ । अर्थ मन्त्री डा.रामशरण महतले एमाओवादीलगायतका दलले संसद् अवरुद्ध गर्ने कार्य गलत र गैरजिम्मेवारी पूर्ण भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको संविधानसभासँग कुनै सम्बन्धमा नरहेकाले संसद् अवरुद्ध गर्नु गलत भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले जनताले दिएको जनादेश संविधानसभा भएकाले गैरसंवैधानिक संयन्त्रको कुनै आवश्यक नरहेको धारणा व्यक्त गर्दै संयन्त्रले दिएको सुझाव ग्रहण गर्ने नगर्ने सम्पूर्ण अधिकार सभामा मात्र रहेको प्रष्ट पार्नुभयो ।

अर्थमन्त्री डा. महतले सङ्घीयतालाई थाती राखेर संविधान जारी गर्न सकिने आफूले कहिले नभनेको प्रष्ट पार्दै सङ्घीयता संविधानको अभिन्न अङ्ग भएकाले यसलाई थाती राखेर संविधान जारी गर्न नसकिने बताउनुभयो ।

मन्त्री डा. महतले प्रदेशको सीमाङ्कनलगायतका प्राविधिक विषयमा दलहरुको सहमतिमा पछि निर्णय गर्न सकिने मात्र आफूले भनेको बताउनुभयो ।
मन्त्री डा महतले नेपाली काँग्रेसले कहिले पनि सङ्घीयतालाई नछाडेकोे भन्दै सङ्घीयतासहितको संविधान जारी हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले  विवादित विषयमा दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भए पनि आगामी माघ ८ गते कुनै पनि हालतमा लोकतान्त्रिक संविधान जारी हुने दाबी गर्नुभयो ।

संविधान निर्माण गर्ने क्रममा अनावश्यक विवाद गरी धेरै समय खेर गइसकेकाले अब कुनै पनि बहानामा संविधान निर्माण प्रक्रियालाई अवरुद्ध गर्न नहुने उनले बताए ।

मन्त्री डा महतले नेकपा–माओवादीले राखेको राजनीतिक सम्मेलनको प्रस्तावमा सहमति हुन्छ भने त्यस्तो सुझाव र सल्लाह ग्रहण गरी आगाडि बढ्न सरकार तयार रहेको प्रष्ट पारे । रासस