काठमाडौं, २५ भदौ । मानव तस्करहरुको पहलमा गैरकानुनीरुपमा अमेरिका छिर्न लागेका ३४ नेपाली युवा दक्षिण अमेरिकी मुलुक कोष्टारिकामा पक्राउ परेका छन् ।
ती मानव तस्करहरुले नेपाली युवालाई अबैध तरिकाले अमेरिका प्रवेश गराउन दक्षिण अमेरिकी मुलुकको बाटो प्रयोग गरिरहेका बेला
गत शुक्रबार र सोमबार कोष्टारिका प्रहरीले भिन्नाभिन्नै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार पक्राउ परेका कसैसँग पनि पासपोर्ट लगायतका कागजात छैनन् ।
शुक्रबार सेन्ट्रल प्यासिफिक कोष्टबाट ९ जना अबैध आप्रवासीलाई पक्राउ गरेको थियो जसमध्ये ७ जना नेपाली थिए भने दुई जना बंगलादेशी ।
उनीहरुलाई निकारागुवातर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार पनामा सीमा क्षेत्रबाट थप २७ जना पक्राउ परेका छन जसमध्ये सवै नेपाली हुन् ।
इक्वेडरबाट कोष्टारिका हुँदै निकारागुवातर्फ लैजाने क्रममा उनीहरु बसेको स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।















प्रतिक्रिया