भक्तपुर, २४ भदौ । पञ्चधातुबाट बनेको करिब सात किलो तौल भएको बुद्धको मूर्ति चोरी गरेर ३५ लाखमा बिक्रीका लागि लैजाँदै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ–४ तरनपुर घरभई हरिसिद्धिका २५ वर्षीय कुमार गोले र चाउथे–७ नुवाकोटका विष्णुकुमार भारती रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले मध्यपुरथिमिको कौसलटारबाट पक्राउ गरेको दुबैलाई मंगलबारै जिल्ला अदालत भक्तपुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी प्रहरीले मंगलबारै लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई भक्तपुरको दूधपाटीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक थोकर्पा घर भई काठमाडाँै बौद्ध बस्ने दीपक लामा र सिन्धुपाल्चोक ठूलो धार्दिङ घरभई बौद्ध बस्ने रविन लामा रहेको प्रहरी निरीक्षक रोशन खड्काले जानकारी दिनुभयो । रासस
















प्रतिक्रिया