काठमाडौँ, २४ भदौ । एमाओवादी नेता डा. बाबुराम भट्टराई समुहले विभिन्न जिल्लामा समानान्तर कमिटी गठन गर्ने र छुट्टै कार्यालय स्थापना गर्ने क्रमलाई निरन्तरता दिएपछि त्यस्तो कार्यलाई तुरुन्त रोक्न एमाओवादीको बहस व्यवस्थापन समितिले निर्देशन दिएको छ ।
पछिल्लो समय भट्टराई समुहले गोरखामा छुट्टै कार्यालय खोलेको थियो । समितिले उक्त कार्यालय पनि बन्द गर्न निर्देशन दिएको छ ।
शीर्ष नेताहरु रहेको बहस व्यवस्थापन समितिको बैठकले छुट्टै कार्यालयहरु खोल्ने कुरालाई तुरुन्त रोक्न सहमति गरेको एक नेताले जानकारी दिए ।
बैठकले आइन्दा कुनै पनि जिल्लामा समानान्तर कमिटीहरु नबाउने पनि सहमपति गरेको छ ।















प्रतिक्रिया