३ कार्तिक २०८३, मंगलबार

शेयरबजारका लगानीकर्तालाई हतोत्साही नहुन सरकारको आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Stock-Exchangeकाठमाडौँ, २४ भदौ । पुँजीबजारमा आएको हालैको परिवर्तनबाट हतोत्साही नहुन लगानीकर्तालाई सरकारले आग्रह गरेको छ ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले मंगलबार नेपाल स्टक एक्सचेन्जको अवलोकनेपछि आयोजित कार्यक्रममा लगानी प्रवृत्ति र आर्थिक सूचकाङ्कका आधारमा पुँजीबजार घट्नुपर्ने कुनै पनि कारण नभएको बताउनुभयो ।

हल्लाका भरमा बजार घटिरहेको हुँदा आम लगानीकर्ताले वास्तविक विश्लेषण गरेर मात्र लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकार लगानीकर्तालाई पूर्ण विश्वास दिलाएर अघि बढ्न चाहन्छ, सोहीअनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले लगानीकर्ताको सुरक्षा गर्नुपर्छ । यस कार्यका लागि सरकारले पूर्ण सहयोग गर्छ ।”

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नियमनकारी निकायले धितोपत्र बोर्डसँग सहकार्य गरेर पुँजीबजारसम्बन्धी नीति ल्याउनुपर्ने बताउनुभयो ।

नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले लगानीकर्ताको मनोबल घटेकाले मात्र बजारमा नकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो । रासस