काठमाडौं, २४ भदौ । नेकपा–माओवादीभित्र पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीमाथिको कारवाहीलाई द्वन्द्व शुरु भएको छ ।
महासचिव रामबहादुर थापा बादलले शर्मालाई कारवाही गरेको विज्ञप्ति सार्वजनिक गरे लगत्तै सचिव नेत्रविक्रम चन्द विप्लवले शर्मा विरहीमाथिको कारवाहीलाई खारेज गरेको विज्ञप्ति निकाले पछि उक्त पार्टीभित्र द्वन्द्व शुरु भएको हो ।
विप्लवले एक विज्ञप्ति मार्फत अनिल शर्मामाथि महासचिव रामवहादुर थापा बादलले गरेको कारवाही पार्टी निर्णयबाट नभएको भन्दै असहमति जनाउनु भएको छ ।
विप्लवले विज्ञप्तिमा ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य अनिल शर्मामाथि अनुसासनहिनको आरोप लगाउदै महसचिव वादलले कारवाहीको नाममा निकालेको वक्तव्य कुनै कमिटिको निर्णय नभएको साथै पार्टी पद्धति विपरित भएकोले उक्त निर्णयप्रति असहमत रहेको जानकारी गराउदछु,’ भनि उल्लेख गर्नुभएको छ ।
बादलले शर्मालाई अनिश्चितकालका लागि निलम्बन गरेको विज्ञप्ति जारी गर्नुभएको थियो ।















प्रतिक्रिया