३० आश्विन २०८३, शुक्रबार

दाहाल-वैद्य एकातिर, भट्टराई-चन्द अर्कोतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Netaharuगोरखा, २४ भदौ । पार्टी एकताका लागि छलफल गरिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यका कार्यकर्ताले सोमबार गोरखामा एउटै मञ्चमा संयुक्त कार्यक्रम गरेका छन्।

सशस्त्र द्वन्द्वकालमा मारिएका माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य सुरेश वाग्ले बासको स्मृतिमा आयोजित कार्यक्रमलाई दाहाल र वैद्यका कार्यकर्ताले संयुक्त बनाएका हुन्। तर दाहालकै पार्टीका नेता डा। बाबुराम भट्टराई पक्षका कार्यकर्ताले भने छुट्टै कार्यक्रम आयोजना गरे।

गोरखाको गाँखुमा १५ वर्षअघि मारिएका वाग्ले, प्लाटुन कमान्डर भीमसेन पोखरेल (बैरागी) र विजय खनालको सम्झनामा दाहाल र वैद्य पक्षका कार्यकर्ताले निर्माण व्यवसायी संघको हलमा कार्यक्रम गरेका थिए भने भट्टराई पक्षका कार्यकर्ताले जिविस हलमा विचारगोष्ठी गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

संयुक्त कार्यक्रम एमाओवादीका जिल्ला अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा भएको थियो भने नेकपा-माओवादीका सहसेक्रेटरी नारायण अधिकारीले सञ्चालन गरेका थिए।

नेकपा-माओवादीका तर्फबाट मुख्य वक्ता केन्द्रीय सदस्य तथा पार्टीको तमुवान राज्य समितिका संयोजक श्रीनाथ अधिकारी थिए भने एमाओवादीका तर्फबाट मुख्य वक्ता तमुवान राज्य समिति इन्चार्ज तथा पोलिटब्युरो सदस्य हरि अधिकारी थिए। सभासद् कृष्ण धिताल र छमबहादुर गुरुङ पनि कार्यक्रममा सहभागी थिए।

भट्टराई पक्षले गरेको कार्यक्रममा केन्द्रीय सदस्य खिमलाल देवकोटाले ुनेपालमा कम्युनिस्ट आन्दोलन र आजको आवश्यकताु विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। गोरखामा भट्टराई पक्षका कार्यकर्ताले समानान्तर कमिटी गठन गरी छुट्टै पार्टी कार्यालय सञ्चालन गर्दै आएका छन्।

भट्टराई पक्षको कार्यक्रममा समानान्तर कमिटीका अध्यक्ष यानप्रसाद भट्टले अध्यक्षता गरेका थिए भने सचिव रमेश पोखरेलले सञ्चालन गरेका थिए। दुवै कार्यक्रममा सहभागी संख्या भने बराबरजस्तै थियो।

दाहाल र वैद्य पक्षको संयुक्त कार्यक्रममा पोलिटब्युरो सदस्य हरि अधिकारीले एउटै पार्टीभित्र चिरा देखिएकोप्रति दुस्ख व्यक्त गर्दै वैद्यसँग एकताको सम्भावना गाढा बन्दै गएको बताए। ‘नेकपा-माओवादी र हाम्रो विचार मिलेको छ, वाद मिल्न बाँकी छ’, उनले भने, ‘वाद मिल्नेबित्तिकै पार्टी एक हुनेछ।’