२९ आश्विन २०८३, बिहिबार

प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल, को-को भए निर्वाचित ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badri-sigdel

पोखरा, २३ भदौ ।

काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनमा बद्री सिग्देल अध्यक्ष निर्वाचित भएका छन् ।

युनियनको पोखरामा सोमबार सम्पन्न आठौँ महाधिवेशनमा ६४२ मत ल्याई शेरबहादुर देउवा पक्ष्ँका सिग्देल विजयी भएका हुन् । गएराति अबेर सम्पन्न मतगणनाअनुसार सिग्देलका निकटतम प्रतिद्वन्द्वी शिव लम्सालले ४४४ मत प्राप्त गरे । लम्साललाई संस्थापन पक्षको समर्थन थियो । अर्का प्रत्याशी भुवन भट्टले ६९ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४४५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले २०५ मत प्राप्त गरे । खुल्ला उपाध्यक्षमा ईश्वरी ओझा ५७२, रमेश पौडेल ३९३, महिला उपाध्यक्षमा बाला अधिकारी (निर्विरोध) र समावेशी उपाध्यक्षमा विजयसन्तोषी राई ६२६ मत ल्याई विजयी भएका छन् ।

महासचिवमा ६६२ मत प्राप्त गरी अजयबाबु सिवाकोटी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी होमप्रसाद लम्सालले ४१६ मत प्राप्त गरे । उपमहासचिवमा प्रेम केसीले ७८२ र भीष्मराज ओझाले ५८५ मत प्राप्त गरी विजयी भए । महिला उपमहासचिवमा सलोजा दाहाल निर्विरोध निर्वाचित भइन् ।

सचिवतर्फ खुल्लामा खिला कार्की ४१० र सूर्यकुमार क्षेत्री ३९९, महिलामा दीपा आले (निर्विरोध) तथा समावेशीमा ६५७ मत प्राप्त गरी केबी राना विजयी भएका छन् ।

मत परिणामअनुसार ७०४ मत ल्याई सरोज अधिकारी कोषाध्यक्षमा निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी भीमप्रसाद गौतमले ४०५ मत प्राप्त गरे ।

क्षेत्रीय संयोजकमा पूर्वाञ्चलमा लीलावल्लभ घिमिरे ६३१, मध्यमाञ्चलमा राममणि दाहाल ६३६, पश्चिमाञ्चलमा प्रदीप काफ्ले ३३६, मध्यपश्चिमाञ्चलमा देवेन्द्र बर्मा ३०५, सुदूरपश्चिमाञ्चलमा लालबहादुर ऐरी ४२५ र बागमतीमा रमेश खतिवडा ५६० मत प्राप्त गरी विजयी भए ।

विजयी हुने खुल्ला केन्द्रीय सदस्यमा दिलीप पौडेल ५९१, सुलोचना गौतम ५५९, कल्पना शर्मा ५५६, वसन्त पराजुली ५०२, राजाराम कार्की ४७६, भुवन शर्मा ४७०, माधव धिताल ४५७, ऋषिकान्त पौडेल४१२, रमेश वाग्ले ३९०, युवराज रेग्मी ३२९, शिवराज योगी ३७९, युवराज गौतम ३५२, प्रकाश अधिकारी ३४८ र जयसिंह केसी ३३१ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए ।

केन्द्रीय सदस्य दलितमा हीरालाल विश्वकर्मा ४७३ र टेकबहादुर सार्की ५३४, मधेसीमा विजय कुशवाह ४९३, रामबाबु यादव २८७ र अवधेश झा ४०३, आदिवासी जनजातिमा सुरेशकुमार श्रेष्ठ ४३०, चन्द्रकला राई ६७८ र पवन श्रेष्ठ ३७५, महिलामा सृजना अर्याल ५४९, सुरक्षा रेग्मी ४६८ र दिलीपाश्री अधिकारी ४१०, अपाङ्गमा माधवप्रसाद चौलागार्इं (निर्विरोध), अल्पसङ्ख्यक लीलाबहादुर सुनार ५२७, पिछडिएको क्षेत्र दयाराम पण्डित (निर्विरोध) र प्रतिष्ठानमा ठाकुर बेल्वासे ४१ मत ल्याई विजयी भएका छन् ।

अञ्चल संयोजकमा मेची गोविन्दचन्द्र क्षेत्री २५, कोसी उद्धव तिमिल्सना ६१, सगरमाथा नवीन राई ३२, जनकपुर रोशन न्यौपाने (निर्विरोध), बागमती मुरारी अधिकारी ७०, नारायणी सञ्जय कार्की (निर्विरोध) लुम्बिनी माधव अर्याल २८, गण्डकी टङ्क अधिकारी (निर्विरोध) धौलागिरि ज्ञानेन्द्र गौतम) राप्ती केपी घिमिरे (निर्विरोध), भेरी राजेन्द्रबहादुर कार्की ५९, कर्णाली खेगन्द्र भट्टराई १०, सेती जगत सावन्त २९, महाकाली हरिश भट्ट २० र उपत्यका निरज खतिवडा ६२ मत ल्याई विजयी भएका छन् । युनियनको आठौँ महाधिवेशनमा देशभरका एक हजार २८५ केन्द्रीय पार्षद् सहभागी थिए । कुल मतमध्ये ९५० मत खसेको थियो ।