२८ आश्विन २०८३, बुधबार

प्रवासी नेपाली मञ्चको अगुवाइमा यूएईमा जिफन्ट सहयोग समुह गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katar-gfont-2

उत्तम अधिकारी
यूएई ।  प्रवासी नेपाली मञ्च यूएईको  पहलमा ‘प्रवासी नेपाली श्रमिक संघ यूएई’ जिफन्ट सहयोग समुह गठन भएको छ ।
दुबईमा आयोजित मञ्चको विषेश आन्तरिक भेलाले उक्त सहयोग समुह गठन गरेको हो ।

बढी शारीरिक परिश्रम गर्ने र एयर कन्डिसनयुक्त क्षेत्र भन्दा बाहिर श्रम गर्ने नेपाली श्रमिकहरुका पक्षमा काम गर्नेगरी श्रमिक संघ गठन गरिएको मञ्चले जनाएको छ ।

उक्त श्रमिक संघ जिफन्ट नेपालको सहयोगीको रुपमा यूएईमा कृयाशील रहनेछ ।

उक्त कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य एवं अन्तरास्ट्रिय श्रमिक संगठनकी सदस्य तथा जिफन्ट गभर्निङ काउन्सिल सदस्य बिन्दा पाण्डे  प्रमुख अतिथि रहनुभएको थियो ।

katar-gfont-3

प्रवासी नेपाली मञ्च यूएईका सदस्यहरु, समर्थक, शुभचिन्तक तथा कार्यक्रमप्रति उत्साहित नेपाली समाजसेवी र साधारण प्रवासी श्रमिकहरुको कार्यक्रममा व्यापक सहभागिता रहेको थियो ।
भेलाले नवराज बस्नेतको संयोजकत्वमा १६ सदस्यीय श्रमिक संघको तदर्थ कमिटी गठन गरेको छ ।
जिफन्ट सहयोग समुहको रुपमा रहने उक्त संघको सह–संयोजकमा किशोर केसी र सचिवमा कल्पना राई सर्वसम्मत चयन हुनुभयो ।

प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष प्रकाश कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन मञ्चका महासचिव उत्तम अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रमका सहभागीले राखेका प्रस्नहरुको उत्तर दिने क्रममा प्रमुख अतिथि पाण्डेले सुविधाजनक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई मात्रै संगठित गरेर वास्तविक श्रमिक संगठन बन्न नसक्ने र श्रमिक संगठनको उद्देश्य पुरा नहुने बताउनुभयो ।

संगठित प्रवासी नेपाली श्रमिक संघमा ज्ञानेन्द्र कार्की, कुमारी सुबेदी, सरोज बस्नेत, दिपक राउत, अनिता खड्का, शेषराज तिमल्सिना, रामेश्वर भेट्वाल, कमल पाठक, यादव अर्याल, शालिकराम ढुंगाना, भक्त तामांग, सुनिल कुमार श्रेष्ठ, अर्जुन ढुंगाना सदस्यहरु रहेका छन् ।
katar-gfont1

उक्त कमिटीले बढी शारीरिक परिश्रम गर्नुपर्ने क्षेत्रका श्रमिकहरुबीच पुगी संगठन बिस्तारलाई तिब्रता दिने, ठुलो समुह क्याम्पमा बसोबास गर्ने नेपाली श्रमिकहरुको अवस्थावारे क्रमिक रुपमा जानकारी हाँसिल गर्दै जनचेतनामूलक कार्यक्रम संचालन गर्ने छ ।
त्यसैगरी त्यस्ता क्षेत्रका श्रमिकहरुको जल्दोबल्दो समस्याहरुको बारेमा जानकारी लिदै यथासक्य समाधानका लागि प्रयास गर्ने र समस्या समाधानमा पहल गरिदिन आवश्यकतानुसार दुतावास तथा नेपालबाटै समाधान खोज्नु पर्ने सन्दर्भमा जिफन्टसामु आवाज पुर्याउने लगायतका कार्य गर्नेछ ।

उक्त तदर्थ कमिटीले अन्तरास्ट्रिय प्रवासी श्रमिक दिवस ( डिसेम्बर १८ को अवसर पारी शुक्रवार ( डिसेम्बर १९ का दिन यूएईमा लक्षित नेपाली श्रमिकहरु सम्मिलित एक खुल्ला कार्यक्रम आयोजना गर्ने र सोहि कार्यक्रम मार्फत पूर्ण कमिटी गठन गर्ने निर्णय समेत  गरेको छ ।

कार्यक्रममा उपस्थित मजदुर अनलाइनका सम्वाददाता निमकान्त पाण्डेले संघले गरेका हरेक गतिविधिलाई मिडिया मार्फत आम श्रमिक र जनसमुदायबीच पुर्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।