२८ आश्विन २०८३, बुधबार

कतारको तेश्रो परिषद् भेलाबाट भवन निर्माण सहयोग संकलन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

quatar-3

खगेन्द्र कार्की

कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले सेप्टेम्बर ५ का दिन संघको तेश्रो परिषद भेला सम्पन्न गरेको छ । सोहि भेलावाट एनआरएन मुख्यालय भवन निर्माणका लागि सहयोग संकलन सुरु गरेको छ ।

भेला एनआरएनए आईसीसीका उपाध्यक्ष टिबी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । एनआरएन एनसीसी कतारका अध्यक्ष मक्सुद आलमको सभापतित्वमा आयोजित सो कार्यक्रममा एनआरएनए आईसीसी मध्यपूर्व उपसंयोजक पूर्ण केसी, एनआरएनए आईसीसीका संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, आईसीसी को–अप्ट सदस्य अमृत गुरुङ, आईसीसी सदस्य उमेश अधिकारी, एनसीसी कतारका सल्लाहकार संयोजक गुरुनारायण रानाभाटको विशेष आतिथ्यता रहेको थियो ।

quatar-1

यसैगरी सल्लाहकारहरु क्रान्ति सिंह, चुडामणी कार्की, दिलकिरण खजुम, बिमल सुवेदी, विनेश तामाङ, भिम घले, लगायत आईसीसी खेलकुद मध्यपूर्व सहसंयोजक रामहरि गैरे, आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, आईसीसी पूर्व मध्यपूर्व संयोजक तथा राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष बद्रीप्रसाद पाण्डे, पुर्व अध्यक्ष कमलमणि गुरागाँई, एनसीसी पूर्व महासचिव बिल गुरुङ, राजेशदर्शन अर्याललगायतको आतिथ्यता रहेको थियो ।

एनआरएनको इतिहासमा १० औं वर्ष पार गर्न लाग्दा गतवर्ष मात्र गैरआवासीय ऐन वमोजिम नेपाल सरकारमा दर्ता भएको एनआरएनएले आफ्नो मुख्यालय निर्माणको कार्य थालनी गरेको छ ।

विदेशमा रहेका ३५ लाख नेपालीहरु साझा संस्था एनआरएनएले मुख्यालय निर्माण गर्ने कार्य थालनी गरेको र सो भवनमा सवै एनआरएनहरुको पहुँच र सहभागिता हुनेगरि सहयोग संकलन गरिएको जानकारी भेलामा दिइएको थियो ।

quatar-2

अक्टुबर ११ एनआरएन डेको दिन भवनको शिलान्यास हुने प्रारम्भिक कार्यक्रम आईसीसीले तय गरेको हुँदा कतारबाट रकम संकलनका निम्ति समयावधि सेप्टेम्बरभरी मात्र राखिएको छ ।

इच्छुक व्यक्तिहरुले संस्थाका पदाधिकारी, फेसबुक वा व्यक्तिगत भेटेर सहयोग गर्न सक्ने प्रावधानहरु राखिएका छन् ।

संस्थाका महासचिव विनोदप्रसाद भट्टराईद्वारा सञ्चालित सो कार्यक्रम पानसमा बत्ति बालेर विधिवत् उद्घाटन गरिएको थियो । संस्थाका प्रथम उपाध्यक्ष कुमार कार्कीले तेश्रो राष्ट्रिय भेलाको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाको कार्यप्रगति विवरण संस्थाका महासचिव भट्टराईले तथा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष द्रोण बस्नेतले प्रस्तुत गर्दै व्यापक छलफल पछि हलले अनुमोदन गरेको थियो ।

quatar4g

कार्यक्रममा कतारस्थित नेपाली राजदुतावासका श्रम सहचारी इन्द्रदेव पाण्डे कार्यावधि समाप्त भई नेपाल पर्कने भएकाले निजको विदाई खादा तथा सम्मानपत्रद्वारा गरिएको थियो भने श्रम सहचारीको रुपमा कतार आईपुगेका लिलानाथ दाहाललाई खादा ओढाएर स्वागत गरेको थियो ।

साथै सो कार्यक्रममा एनसीसी कतारले दोश्रो एजेन्डाको रुपमा  १८२ दिन विदेशमा वसेका नेपालीहरुलाई एनआरएनएको सदस्यको रुपमा परिभाषित गरिनु पर्ने एनसिसी कतारको पुरानो अडानलाई कायम राख्दै त्यसको लागि पहल गर्न आइसीसीलाई थप दवाव दिने निर्णय गरेकोछ ।

सो भेलाका प्रमुख अतिथि, विशेष अतिथी र अतिथीहरुले शुभकामना मन्तव्य सहित आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।