२८ आश्विन २०८३, बुधबार

गल्फमै पहिलोपटक नेपत्थ्यको कन्सर्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepathaya-band

घनश्याम पराजुली (कृष्ण)
दोहा । गल्फमै पहिलो पटक  नेपत्थ्य ब्याण्डले कतारमा कार्यक्रम गर्ने  भएको छ । एलजी गुप्र दोहाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
कतारमा धेरै पटक नेपत्थ्य आउने चर्चा चलेपनि अहिलेसम्म कार्यक्रम हुन सकेको थिएन ।
एलजी गुप्र दोहाले गत शुक्रवार पत्रकार सम्मेलन गरी आगामी १९ सेप्टेम्बरका दिन दोहाको सनैयास्थित ग्राण्ड मल नजिकै रहेको वेष्ट ईन्ड पार्कको स्टडियममा कार्यक्रम गर्ने जानकारी दिएको छ ।

गाउँ–गाउँ बाट उठ बस्ति बस्तिबाट उठ , रातो र  चन्द्रसुर्य , रेशम , भेडाको उनजस्तो लगायातका साङ्गितिक प्रस्तुतीहरुले चर्चा बटुल्दै आएको नेपत्थ्य ब्याण्डले कतारमा पनि निकै नै चर्चा पाउने अपेक्षा गरिएको छ ।

nepathaya-band.1

पत्रकार सम्मेलनमा एलजी गुप्रका शंकर खैरे भाईले कतारका आवश्यक कागजात साथै नेपत्थ्यसँग गरेको सम्झौतापत्र देखाउदै दर्शकहरुलाई ढुक्क रहन  आग्रह गर्नुभएको थियो  ।

आगामी  बक्र ईदको समयमा तय गरिएको कार्यक्रमलाई  नेपत्थ्य ब्याण्डको समय तालिका नमिल्नाले आगामी १९ सेप्टेम्बरका दिन सारिएको पनि उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा आयोजकको रुपमा युवराज खड्का, शंखर खैरे भाई , नरेन खड्का, जोन, प्रविन गुरुङ, लाल्डा भट्ट, विश्व थापा, सन्तोष परियार र दिपक गुरुङ्गले काम गर्ने बताइयो ।

nepathaya-band.2

नेपाली दर्शकहरुको भरपुर मनोरन्जन दिनका लागि आयोजकले गर्न पर्ने कामहरुलाई सुझावको रुपमा सहभागीहरुले आफ्ना कुराहरु राखेका थिए ।

कार्यक्रमलाई कास्की आर्दश सेवा समाज, तमुबुद्ध सेवा समाज, आईएएफ,  समाज सेवा अभियान रुपन्देही , पर्वत सेवा समाज, प्रवासी सांगीतिक परिवार  र नेपाली महिला समाज कतारले सहयोगी भुमिकाको रुपमा काम गर्ने छन ।

पत्रकार लगायत सहभागीहरुले राखेको जिज्ञासा को बारेमा जानकारी दिदै आयोजक टिमले कतारमा कार्यरत नेपालीहरुको पुर्ण सहयोग तथा उपस्थितीको अपेक्षा गरेका छन ।
लगभग १७ हजार क्षमता भएको स्टडियममा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिती रहनेमा आयोजक टिम ढुक्क छ ।