२८ आश्विन २०८३, बुधबार

हिरो जीवन लुइँटेल अमेरिका पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jeevan-luitel3

विजय थापा

भर्जिनिया । नेपाली चलचित्रका नायक जीवन लुइँटेल आफूले अभिनय गरेको ठुली चलचित्र हेर्न पहिलोपटक अमेरिका आई पुगेका छन् ।

पहिले नै भाद्र ७ गते डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन गर्ने योजना अनुसार आफू अमेरिका आएको नायक जीवन लुइँटेलले बताए । अमेरिकामा रहेका आफ्ना प्रशंसक ,नेपाली दाजुभाई तथा दिदी बहिनीहरुसंग आफूसंगै बसेर आफ्नो चलचित्र हेर्न पाउनु सौभाग्य भएको बताउदै उनले दर्शक माझ बसेर पुरै चलचित्र हेरे ।

चलचित्र सुरु हुनु अगाडि जीवनलाई दर्शकले कर्तल ध्वनिले सम्मान गरेका थिए भने उनले आफ्ना दर्शकलाई नेपाली चलचित्र अब अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने प्रयास जारी रहेको बताए । उनको चलचित्र हेर्न नायक सरोज खनाल र किरण केसीको पनि उपस्थिति थियो ।

निर्माता पुस्कर राज पन्तले आफूले बनाएको चलचित्र दर्शकसंगै बसेर हेरेका थिए ।

Jeevan-luitel

दर्शकहरुले राम्रो ,कथा वस्तु उत्तम, नारी प्रधान, रुढीबादी र बोक्सी आदि बिषय वस्तुमा आधारित बनाइएकोले चलचित्र ठूलीका बारेमा मिश्रित प्रतिक्रिया दिएका छन । निर्देशक एभरेस्ट सूर्य बोहोराको निर्देशन एभरेष्ट कला यात्रा चलचित्रको झन्डामा पुस्कर पन्तले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता सुनिल बस्नेत हुन् ।

चलचित्रमा नायक जीवन लुइटेल र नायिका गरिमा पन्तको भूमिका धेरै रहेको छ भने कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ । शेरबहादुर लामाले छायांकन गरेको चलचित्रमा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्वन्द ,बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ ।

Jeevan-luitel1