काठमाडौं, २३ भदौ । एक वर्षमुनिका बालबालिकालाई खुवाइँदै आएको पोलियो थोपाले मात्रै रोग पूर्ण रूपमा नियन्त्रण नहुने निष्कर्ष निकाल्दै सरकारले अब सुई पनि दिने भएको छ। आगामी असोज २ गतेदेखि एक वर्षमुनिका सबै बालबालिकालाई उक्त सुई दिन स्वास्थ्य मन्त्रालयले तयारी पूरा गरेको छ।
बालस्वास्थ्य महाशाखाका प्रमुख डा। श्यामराज उप्रेतीका अनुसार यो खोप हालसम्मकै सर्वाधिक महँगो हो। एउटा खोपको न्यूनतम मूल्य एक अमेरिकी डलर ९करिब ९३ रुपैयाँ० पर्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट पोलियो शून्य राष्ट्रको प्रमाणपत्र पाए पनि जोखिम कायमै रहेको भन्दै सरकारले खोप दिन लागेको हो। यो खोपले बालबालिकाको रोग प्रतिरोधात्मक शक्ति बढ्ने र रोगबाट मुक्त हुने अधिकारीहरूले बताए।
सरकारले उक्त खोप अहिलेसम्म नेपाली बालबालिकाले पाउँदै आएका अन्य रोगविरुद्धका खोपमध्ये ‘डीपीटी हेप बी हिब’पछि सबैभन्दा महँगो, सुरक्षित र साइड इफेक्ट कम भएको दाबी गरेको छ। डब्लूएचओको सिफारिसमा अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकले मात्र लामो समयदेखि उक्त खोप प्रयोग गर्दै आएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया