३० आश्विन २०८३, शुक्रबार

विभागमा सक्‍कली, अध्‍यागमनमा नक्‍कली भिसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIA-buildingकाठमाडौं, २३ भदौ । वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिएपछि वैदेशिक रोजगारीका लागि दुबई जान आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका २० जना युवालाई अध्यागमन कार्यालयले नक्कली भिसा भन्दै फिर्ता गरेको छ।

ती युवालाई बसुन्धरास्थित एसओएस म्यानपावरले दुबईमा फ्युचर पाइप इन्डस्ट्रीमा काम गर्न पठाउन लागेको थियो।

वैदेशिक रोजगार विभागले सक्कली भिसा भन्दै ती युवालाई वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति दिएको थियो।

त्यही स्वीकृतिका आधारमा जान लागेका युवालाई विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृतले भने फिर्ता गरिदिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

ती युवाले बोर्डिङ पास पाइसकेपछि अध्यागमनका कर्मचारीले भिसा परीक्षण गरेका थिए। परीक्षण गर्दा सक्कली कागज नभएको र इन्टरनेटमा हेर्दासमेत सक्‍कली भिसाको रेकर्ड नपाएपछि जान रोकेको अध्यागमनका उपसचिव रामराज सुवेदीले बताए। वैदेशिक रोजगार विभागले सक्‍कली भिसा नभएसम्म अन्तिम श्रम स्वीकृति दिन मिल्दैन।

वैदेशिक रोजगार विभागले भने सक्‍कली भिसा भन्दै ती युवालाई वैदेशिक रोजगारीका लागि दुबई पठाउन अन्तिम श्रम स्वीकृति दिएको थियो।

एसओएसले फिर्ता भएका कामदारको अन्तिम श्रम स्वीकृति लिने बेलामा सक्कली भिसा पेस गरेको थिएन। एसओएस म्यानपावर कम्पनीका प्रबन्धनिर्देशक सोमलाल बाटाजूले सक्कली भिसा कागजबेगरै वैदेशिक रोजगार विभागले इन्टरनेट रेकर्डका आधारमा अन्तिम श्रम स्वीकृति दिएको बताए।