३० आश्विन २०८३, शुक्रबार

दसैंका यात्रु: बुकिङ नखुल्दै सकियो टिकट !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus Counterकाठमाडौं, २३ भदौ । सरकारले दसैं, तिहार र छठ पर्वका लागि आगामी बुधबारदेखि लामो रुटका बसको टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अहिले काउन्टर पुग्ने यात्रुले टिकट सकिएको जबाफ पाउन थालेका छन्।

यात्रुको सुविधालाई ध्यान दिएर सरकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान सात बजेबाट खुला गर्ने निर्णय भदौ ५ गते गरेको थियो।

घट्टेकुलो बस्दै आएकी बबिता अधिकारीले असोज १२ गतेका लागि झापा जान टिकट काटिसकिन्। उनले गौशालास्थित एक होटेलमार्फत नमस्ते डिलक्सका तीनवटा टिकट लिएकी हुन्। उनका आफन्त सन्तोष पौडेलले झापाकै दमकका लागि टिकट लिन विभिन्‍न बसका काउन्टर पुगे तर पाएनन्।

त्यसपछि उनले पनि सोही होटेलमार्फत शुक्रबार दुईवटा टिकट लिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । ‘दिदीहरू पनि घर जाने भएपछि हामीलाई थप दुईवटा टिकट चाहिएको थियो तर सिट छैन भन्दै कुनै काउन्टरले दिएनन्’, उनले भने।

भक्तपुर बस्दै आएकी इटहरी सुनसरीकी निरू दाहालले फूलपातीका दिनको टिकट बुकिङ गरिसकिन्। नोबल एकेडेमीमा कक्षा ११ मा अध्ययनरत उनले भनिन्, ‘कोटेश्वरबाट मेट्रो डिलक्समा टिकट पाएँ, केही दिनअघि बुकिङ गरें, अहिले त पाइँदैन रे।’

रकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान सात बजेबाट खुला गर्ने निर्णय भदौ ५ गते गरेको थियो।

कोटेश्‍वरमा काउन्टर रहेको महालक्ष्मी डिलक्समा घटस्थापनादेखि नवमीसम्मका लागि टिकट छैन। काउन्टरका एक कर्मचारीले भने, ‘तपाईंलाई चाहिएको भए अर्को गाडी थपिएपछिमात्र पाउनुहुन्छ, पछि आउनोस्।’

घटस्थापनाको पर्सिपल्ट घर जान टिकट खोज्दै कोटेश्वरस्थित साकिरा यातायातको कार्यालय पुगेका धर्मराज कार्कीले भने, ‘साकिराका पूर्वाञ्चलका लागि झन्डै डेढ दर्जन बस छन्। तर मैले कुनै पनि गाडीको टिकट पाइनँ।’

सुन्धारास्थित प्रिन्स डिलक्सका कर्मचारीले सुन्धारा काउन्टरबाट पूर्वका लागि सबै टिकट बिक्री भइसकेको बताउँदै अन्य काउन्टरमा गएर टिकट खोज्न सल्लाह दिए। अग्नि र मकालु यातायातले भने २५ गतेअघि टिकट बिक्री नगर्ने जानकारी दिए।