२८ आश्विन २०८३, बुधबार

लिम्बुवान पार्टीको सञ्जाल अब मलेसियामा पनि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

limbuwan-party-malaysia

अर्जुन काफ्ले 

मलेसिया । सङ्घीय लिम्बुवान पार्टी नेपाल, प्रवास कार्य समिति मलेसिया गठन गरिएको छ ।

क्वालालम्पुरको श्रम हलमा भएको कार्यक्रमबाट मात्रिका धिमालको अध्यक्षतामा २१ सदस्य समिति गठन गरिएको छ ।े समितिको उपाध्यक्ष मोहन थेवे, पूर्ण तुम्वापो, भेषराज लिम्बु, महासचिव मृगेन इङ्नाम, उपमहासचिव नगेन्द्र आङदेम्बे, सचिव अर्जुन सेर्मा, अर्थसचिव अग्नि कुरुम्वाङ्, प्रवक्ता ईश्वर याक्खा रहेका छन् ।

सदस्यहरुमा गंगा चाम्लीङ् तुम्रोक,सुवास तुम्वाहाम्फे, मनोज भुजेल, सेरेहाङ् लिम्बु, बिर्खराज थुलुङ, भक्त फियाक, पदम केदेम, हर्क लिवाङ, सन्देस सुव्वा, गजेन्द्र योङहाङ, योगेन इङ्नाम, शुक्र थेगीम रहेका छन् ।

अमृत थाङदेन, नविन पोमु, पदम कुमार फिया पनि समितिमा छन् । हालै पुर्वमा लिम्वुवान राज्यको माग गर्दै आएका ५ संगठनको एकता भएपछि प्रवासमा समेत समिति संयोजन गरिएको अमृत थाङदेनले वताए ।