२९ आश्विन २०८३, बिहिबार

प्रेस युनियनको अध्यक्षमा तीन जना दाबेदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-union

काठमाडौ, २२ भदौ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा तीन जना भिड्ने भएका छन् ।

पोखरामा जारी आठौ राष्ट्रिय महाधिवेसनमा शिव लम्साल, बद्री सिग्देल र भुवन भट्ट अध्यक्षमा लड्न लागेका हुन् । लम्साललाई पार्टी सभापति सुशील कोइराला र सिग्देललाई वरिष्ठ नेता शेरबहादुर देउवाको समर्थन छ । भट्टले भने स्वतन्त्र प्यानलबाट लड्न लागेका हुन् । रेडियो नेपालका नवराज लम्साल अध्यक्षको उम्मेदवारबाट पछि हटेपछि भट्ट अघि सरेका हुन् ।

प्रेस युनियनको नयाँ नेतृत्व चयनको प्रक्रिया आज देखि सुरु हुँदैछ । सर्वसम्मत गर्ने प्रयास असफल भएपछि प्रेस युनियनले लामो समयपछि लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्न लागेको हो ।

पोखराको राष्ट्रिय सभागृहमा जारी महाधिवेसनमा सम्भवतः दिउँसो २ बजेबाट मतदान सुरु हुनेछ । महाधिवेसनमा नेपालभरबाट एक हजार भन्दा धेरै प्रतितिधिको छ । महाधिवेसनले ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।