काठमाडौं, २१ भदौ । करिब एक वर्षदेखि ब्लडक्यान्सर रोगबाट पीडित रोल्पा राङ्सीका ११ वर्षीय वालक भुवन घर्ती मगरलाई दाङ–देउखुरी प्रवासी संघ समाजले सहयोग रकम प्रदान गरेको छ ।
समाजले मगरलाई ७५ हजार रुपियाँ हस्तान्तरण गरेको हो । सो रकम पीडित मगरलाई प्रवासी समाजका प्रथम उपाध्यक्ष नुमाकान्त सुवेदीले शनिबार काठमाडौंमा हस्तान्तरण गरे । दाङ देउखुरीबाट दोह, कतार पुगेका दङ्गालीहरूको यो समाजले मगरका लागि रकम संकलन गरेको थियो ।
भुवन बचाउँ अभियानबाट संकलन गरिएको उक्त रकम भुवनलाई हस्तान्तरण गर्न पाउदाँ आफूहरू निकै खुसी रहेको प्रवासी संघ समाज निकै खुसी रहेको उनले बताए ।













प्रतिक्रिया